दफा १२
थुनुवा वा कैदी महिला गर्भवती भएमा
(१) कुनै थुनुवा वा कैदी महिला गर्भवती रहिछ भने …………… ………………. जन्म कैदको सजाय पाएकी वा त्यस्तो सजाय हुने अपराधको अभियोग लागेकी थुनुवा वा ज्यानमारा बाहेक अरूको हकमा ६ महिनाको गर्भ पुगेपछि जमानी लिई छाडी दिनुपर्छ र त्यसरी जमानीमा छुटेकीलाई निजको बालक जन्मेको दुई महिना भएपछि थुन्न नपर्ने भएकोमा वा कैद म्याद भुक्तान भै सकेकोमा बाहेक फेरि कारागार भित्र राखिनेछ ।
(२) उपदफा (१) बमोजिम कुनै गर्भवती महिला कारागार बाहिर रहेकोमा निज कारागार भित्रै रहेको सरह गरी निज बाहिर रहेको अवधि जति निजलाई हुने कैदको अवधिमा कट्टा गरिनेछ ।